गोरखा — गोरखामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

सहिद लखन गाउँपालिका–१, बक्राङका ४२ वर्षीय राजु खनालको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी तथा प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माले जानकारी दिए।

आइतबार साँझ करिब ७:५० बजे घरमै बसिरहेको अवस्थामा एक्कासी परेको चट्याङ लाग्दा खनाल गम्भीर घाइते भएका थिए। घाइते खनाललाई तत्कालै उपचारका लागि प्रदेश अस्पताल, गोरखा ल्याइएको भए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।

मृतकको शव अहिले परीक्षणका लागि अस्पतालमा राखिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय