सुर्खेत — सुर्खेतमा बस र ट्रक एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता, प्रहरी नायव उपरीक्षक विरेन्द्रविर विश्वकर्माका अनुसार मृत्यु हुनेमा ट्रक चालक दैलेखको गुराँस गाउँपालिका–१ का ३१ वर्षीय हिरा पुन रहेका छन्। गम्भीर घाइते भएका पुनको उपचारका क्रममा प्रदेश अस्पताल कालागाउँमा मृत्यु भएको हो।

दुर्घटना बिहीबार दिउँसो २ बजेतिर रत्न राजमार्ग अन्तर्गत भेरीगंगा नगरपालिका–३ सत्तरीस्थित भएको हो। ना ४ ख ६२६३ नम्बरको बस र कर्णाली प्रदेश ०२००१ क ००४८ नम्बरको मिनी ट्रक एकआपसमा ठोक्किएका थिए।

घाइतेहरूमा बर्दिया मधुवन नगरपालिका–१३ की ३९ वर्षीया पूजा थापा, मधुवन नगरपालिका–२ की ५० वर्षीया शान्ती थापा, बर्दिया गुलरिया–४ का ६० वर्षीय हरि राम गुडिया, वीरेन्द्रनगर–११ का ६८ वर्षीय पुरी चन्द्र भट्टराई, दैलेख डुङगेश्वर गाउँपालिका–१ का २० वर्षीय गणेश थापा, र बस चालक वीरेन्द्रनगर–९ का ४१ वर्षीय थमन राना रहेका छन्।

घाइतेहरूको प्रदेश अस्पताल कालागाउँ र माया नर्सिङ होममा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय