काठमाण्डौ – सिन्धुलीमा माइक्रोबस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा अरू १३ जना घाइते भएका छन् ।

काठमाण्डौबाट जनकपुरतर्फ गुडिरहेकाे बा ३ ख ८४४५ नम्बरको माइक्रोबस हिजो बेलुका सुनकोशी गाउँपालिका ६ कानढुंग्रे भन्ने ठाउँमा टायर पन्चर भएर अनियन्त्रित भई दुर्घटना हुँदा धनुषाको जनकपुर उपमहानगरपालिका वडा नम्बर १० का ५० वर्षीय निर्मल गुप्ताको धुलिखेल अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो ।

दुर्घटनामा घाइते हुनेहरूको धुलिखेल अस्पतालसहित काठमाण्डौका र सिन्धुलीका अस्पतालमा उपचार भइरहेको सिन्धुली प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय