झापा। झापाको दमकमा जग्गा विवादका कारण भएको झडपमा एक जनाको मृत्यु भएको छ । झडपमा दमक नगरपालिका वडा नं. ९ का ३७ वर्षीय देशु भनिने यमु निरौलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

मंगलबार साँझ दमक नगरपालिका वडा नं. ३ मा जग्गाको विषयलाई लिएर दुई पक्षबीच झडप भएको थियो । झडपका क्रममा ढुङ्गा लागेर गम्भीर घाइते भएका निरौलालाई तत्काल उपचारका लागि आम्दा अस्पताल दमक लगिएको थियो । तर उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय