
काठमाडौँ । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश थापा मातृशोकमा परेका छन्। उनकी आमा सूर्यकुमारी थापाको ८७ वर्षको उमेरमा आज अश्विन ५ गते नेपाल प्रहरी अस्पतालमा उपचारका क्रममा निधन भएको हो।
हालै मात्र काठमाडौं प्रहरी परिसर प्रमुखका रूपमा सरुवा भएका एसएसपी थापा प्रहरी सेवामा सक्रिय रहेका बेला आमाको निधनले दुःखी भएका छन्। उनी आजै काठमाडौं परिसर प्रमुखको जिम्मेवारी सम्हाल्ने तयारीमा थिए।

स्व. सूर्यकुमारी थापा अन्नपूर्ण मिडिया नेटवर्कका प्रमुख क्याप्टेन रमेश्वर थापाकी आमा समेत हुन्।
उनको अन्त्येष्टि आजै पशुपति आर्यघाटमा गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ।



