ताप्लेजुङ — जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) इन्द्र भुजेलको ड्युटीमा जाने क्रममा मृत्यु भएको छ ।

शुक्रबार ड्युटीका लागि कार्यालय परिसरबाट बाहिर निस्कँदै गर्दा अचानक बेहोस भई ढलेका भुजेललाई तत्काल उपचारका लागि जिल्ला अस्पताल लगिएको थियो । तर, उपचारकै क्रममा उनको निधन भएको जिल्ला प्रहरी प्रमुख डिएसपी बेदप्रसाद गौतमले जानकारी दिए ।

४५ वर्षीय भुजेललाई हृदयघात भएको आशंका गरिएको छ । झापा, धुलावारी घर भएका भुजेल करिब २०/२१ दिनअघि मात्रै इलाका प्रहरी कार्यालय मधुमल्लाबाट सरुवा भई ताप्लेजुङ गएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय