गुल्मीका दुवै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरूले प्रारम्भिक मतगणनामा अग्रता लिएका छन्।

गुल्मी निर्वाचन क्षेत्र नम्बर १ मा रास्वपाका सागर ढकालले ३ हजार ९६१ मत प्राप्त गर्दै अग्रता बनाएका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका चन्द्रकान्त भण्डारीले १ हजार ६०९ मत प्राप्त गरेका छन्। तेस्रो स्थानमा रहेका नेकपा एमालेका प्रदीप ज्ञवालीले १ हजार ५४६ मत ल्याएका छन्।

त्यस्तै, गुल्मी निर्वाचन क्षेत्र नम्बर २ मा रास्वपाका गोविन्द पन्थीले ३ हजार ९६९ मत प्राप्त गर्दै अग्रता कायम राखेका छन्। दोस्रो स्थानमा नेकपा एमालेका गोकर्ण विष्ट रहेका छन्। उनले ३ हजार १२७ मत प्राप्त गरेका छन्। तेस्रो स्थानमा नेपाली कांग्रेसका भुवनप्रसाद श्रेष्ठले २ हजार ५८७ मत ल्याएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय