
गुल्मी । मदाने गाउँपालिका–२ निवासी निमलाल भुषाल परिवारका सदस्यहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्। भुषालका दुई छोरा खिमलाल भुषाल र रामप्रसाद भुषाल तथा आमा सीता भुषालले रास्वपाका नेता एवं गुल्मी–२ का उम्मेदवार गोविन्द पन्थीलाई बाटोमै भेट गरी पार्टी प्रवेश गरेका हुन्।
पार्टी प्रवेशका क्रममा उनीहरूले देशमा नयाँ सोच र इमान्दार नेतृत्व आवश्यक रहेको बताउँदै परिवर्तनका लागि रास्वपामा आबद्ध भएको धारणा राखेका थिए। “हामीले यसपटक वास्तविक परिवर्तन चाहेका छौं। त्यसका लागि गोविन्द पन्थी जस्ता युवानेताको साथ रोजेका हौं,” उनीहरूको भनाइ उद्धृत गर्दै स्रोतले जनाएको छ।

उम्मेदवार पन्थीले भुषाल परिवारलाई पार्टीमा स्वागत गर्दै जनताको विश्वास नै आफ्नो सबैभन्दा ठूलो शक्ति भएको प्रतिक्रिया दिएका थिए। उनले गुल्मी–२ मा विकास, सुशासन र पारदर्शिताका लागि आफू प्रतिबद्ध रहेको पनि बताए।




