काठमाडौं । जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)ले निर्वाचन आचारसंहिताविपरीतका कुनै पनि गतिविधि नगर्न तथा नगराउन सम्बन्धित सबै पक्षलाई आग्रह गरेको छ ।

मंगलबार (माघ २७) जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको जनसम्पर्क तथा ‘घण्टी अभिवादन’ कार्यक्रम आयोजना हुने सूचना प्राप्त भएपछि प्रशासनले उक्त आग्रह गरेको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी पोषणराज भण्डारीद्वारा जारी सूचनामा भनिएको छ, “मिति २०८२ साल माघ २७ गते यस जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको जनसम्पर्क तथा घण्टी अभिवादन कार्यक्रम रहेको सूचना प्राप्त भएकाले निर्वाचन आचारसंहिता, २०८२ आकर्षित हुने गरी कुनै पनि निर्वाचन आचारसंहिताविपरीतका गतिविधि नगर्नू, नगराउनुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ ।”

प्रशासनले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, स्वच्छ र भयमुक्त वातावरणमा सम्पन्न गर्न यसअघि नै निर्वाचन आचारसंहिता लागू भइसकेकोसमेत स्मरण गराएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय