
डडेल्धुरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य सागर ढकालमाथि डडेल्धुरामा दुर्व्यवहार गरिएको आरोपसहितको भिडियो सामाजिक सञ्जालमा तीव्र रूपमा भाइरल बनेको छ।
ढकाल आज वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’सँगै डडेल्धुरा पुगेका थिए। सो क्रममा उनीमाथि लक्षित गर्दै गालीगलौज गरिएको भिडियो सार्वजनिक भएको हो।

भाइरल भिडियोमा एक व्यक्तिले ढकालप्रति लक्षित गर्दै आपत्तिजनक शब्द प्रयोग गर्दै “४० हजारको मासुभात खुवाएर जिल्लाको बेइज्जत गर्छ” लगायतका अभिव्यक्ति दिएको स्पष्ट रूपमा सुनिन्छ।
स्रोतका अनुसार भिडियोमा देखिने व्यक्ति नेपाली कांग्रेस डडेल्धुराका नेता तथा अमरगढी नगरपालिकाका कार्यपालिका सदस्य प्रकाश जैरू रहेको दाबी गरिएको छ। तर, जैरूले भने भिडियोमा बोल्ने व्यक्ति आफू नभएको भन्दै आरोप अस्वीकार गरेका छन्।
“तपाईं जत्तिको जिम्मेवार व्यक्ति, कार्यपालिका सदस्यले त्यस्तो भाषा प्रयोग गर्नु सुहाउँछ ?” भन्ने प्रश्नमा उनले “ए लल” भन्दै फोन काटेका थिए।
सागर ढकाल गत प्रतिनिधि सभा निर्वाचनमा पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासँग डडेल्धुराबाट प्रतिस्पर्धा गरेका थिए। यसपटक भने उनी गुल्मीबाट चुनावी मैदानमा उत्रिएका छन्।
यसअघि गुल्मीमा आयोजित एक चुनावी सभामा ढकालले डडेल्धुराका युवालाई लक्षित गर्दै दिएको अभिव्यक्ति विवादास्पद बनेको थियो।
त्यो बेलाको चुनावी अभियानमा उनले एक छाकमै मासु, भात र रक्सी खाईदिदॅा केही युवाहरूले खानपिन गर्दा करिव ४० हजार रुपैयाँको बिल आएपछि आफू आत्तिएको भन्ने आशय थियो।
ढकालले आफ्नो खानपान सामान्य गर्ने बताए र त्यसपछि भने, “त्यत्रो ठूलो बिल आएपछि मलाई कसैको सहयोग आवश्यक छैन। म यस चुनावमा एउटै बाइकमै हिँडेर प्रचार गर्न सक्छु, ठुलो चुनावी खर्च गर्न सक्दिन भन्ने आशय थियो ।
घटनापछि सामाजिक सञ्जालमा ढकालको पक्ष र विपक्षमा चर्को बहस चलिरहेको छ।
हेर्नुस् भिडियो :
https://www.facebook.com/share/r/18G2CF84gw/
(लिङ्क यथावत्)



