बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गुल्मी–रूपन्देही सम्पर्क समाजद्वारा बुटवलमा आज उम्मेदवारहरूसँग अन्तरक्रिया कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

गुल्मी–रूपन्देही सम्पर्क विभागको आयोजनामा सम्पन्न कार्यक्रममा गुल्मी जिल्लाका प्रतिनिधि सभा तथा समानुपातिक तर्फका उम्मेदवारहरूसँग प्रत्यक्ष संवाद र छलफल गरिएको थियो।

कार्यक्रममा गुल्मी क्षेत्र नं. १ का उम्मेदवार सागर ढकाल, गुल्मी क्षेत्र नं. २ का उम्मेदवार गोविन्द पन्थी, रूपन्देही क्षेत्र नं. २ का उम्मेदवार सुलभ पोखरेल लगायत समानुपातिक उम्मेदवारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

पार्टीका नेता, प्रतिनिधि तथा कार्यकर्ताहरूको सक्रिय सहभागिता रहेको कार्यक्रममा रूपन्देही र गुल्मी जिल्लाका करिब १ हजारभन्दा बढी नागरिक सहभागी भएका थिए।

जिल्ला गुल्मीका सभापति भोजराज पाण्डे ले कार्यक्रम सफल बनाउन योगदान दिने सबैप्रति धन्यवाद व्यक्त गर्दै पार्टीको एकता, अनुशासन र आगामी चुनावी अभियानलाई अझ सशक्त बनाउँदै लैजान आग्रह गरे।

उक्त कार्यक्रम सफलतापूर्वक सम्पन्न भएकोमा कार्यक्रम संयोजक चेत बहादुर बस्नेत लगायत सम्पूर्ण आयोजक टिमलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय