काठमाडौं– नेपाल प्रहरीका कर्मचारीमा जागिरप्रति असन्तुष्टि जनाउँदै राजीनामा दिनेको संख्या बढ्न थालेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार चालू आर्थिक वर्षको चार महिनामा ५०९ जना प्रहरी कर्मचारीले जागिर छाडेका हुन् ।
साउनदेखि कात्तिक मसान्तसम्म ५०९ जना प्रहरी कर्मचारीले राजीनामा दिएको प्रहरी प्रधान कार्यालयमा आयोजितपत्रकार सम्मेलनमा प्रवक्ता विश्व अधिकारीले जानकारी दिए ।
सरकारी सेवामा रहेका नेपाल प्रहरी कर्मचारी धेरै जागिर छाड्ने भित्र पर्छन् । कठिन तालिम लिएर कार्यक्षेत्रमाखटिएपछि उनीहरको रोजाई परदेश हुने गरेको छ।
किन छोड्छन् जागिर ?
प्रहरीका केन्द्रिय प्रवक्ता एसएसपी विश्व अधिकारीका अनुसार – जागिर छोड्नेहरुले प्राय: पेन्शन पाकेपछि जागिर छोड्ने गरेको पाइएको साथै, जागिर छोड्नेहरुको प्रमुख छनोटमा भने स्वदेश तथा विदेशमा सेक्युरिटी गार्डको जागिर पर्ने गरेको छ। १६ देखि १८ वर्षमै पेन्सन लिन पाइने भएकाले पनि जागिर छाड्नेको संख्या बढेको हो । प्रहरीमा पेन्सन भएका कर्मचारीलाई अफगानिस्तान, इराक, सिंगापुरका विभिन्न कम्पनीमा सेक्युरिटी गार्ड र त्यहाँकै प्रहरीमा राम्रो अवसर भएकाले जागिर छाड्ने क्रम बढेको प्रहरी एसएसपी विश्व अधिकारी बताउँछन् । विदेशमा आकर्षक तलब हुने भएकाले उनीहरुले जागिर छाड्ने गरेको पाइए पनि तालिमप्राप्त जनशक्ति निरन्तर बाहिरिनु राज्यकै लागिहानि हुने प्रहरी अधिकारीहरु बताउँछन् ।
तल्लो दर्जामा रहनेहरुले भने प्रहरीको जागिरले परिवार धान्न मुस्किल भएपछि बैकल्पिक पेशा रोज्दा प्रहरीको जागिर छोड्ने गरेको पाइएको छ । उनीहरु वैदेशिक रोजगारीमा जाने गरेको पाइएको छ ।
यसबाहेक, विकसित देशको भिसा लाग्दा, डिभी चिट्ठा पारेर प्रहरीको जागिर छाड्ने गरेको पाइएको छ ।
प्रहरी संगठनलाई राम्ररी बुझेका पुर्व डिआईजी हेमन्त मल्ल भन्नुहुन्छ — इगो र संगठनभित्रको अन्यायका कारणराजीनामा दिने गरेको बताएका छन् ।साथै, प्रहरीभित्र सिनियर प्रहरी अधिकृतबाट हुने व्यवहार, ओभरटाइम ड्युटी, सेवा सुविधा, मुल्यांकन लगायत कारणले जुनियर प्रहरीहरुले राजीनामा दिने गरेको पाइएको उहॅाले बताउनु भयो ।
यसका साथै पुर्व डिआईजी मल्ल भन्नुहुन्छ सिनियर प्रहरी अधिकृत भने बढुवाको असन्तृष्टि, बेलाबखत नेतृत्वसँगको बेमेलका कारण संगठनबाट राजीनामा दिँदै पनि आएका छन् ।यसबाहेक नसिहत, स्पष्टिकरण, ग्रेड रोक्का लगायतका कारणले पनि जागिरबाट राजीनामा दिने क्रम बढेको छ । अझ१८ वर्षमै पेन्सन लिन पाइने भएपछि तल्लो दर्जाका प्रहरीले ३० वर्ष पूरा नगरी जागिर छाड्ने गरेका छन् । उनीहरू जागिर पछि अन्य पेशामा जाने गरेका छन् ।
हामिले भेटेका प्रहरीको जागिर छाडेर ट्याक्सी चलाउँदै आएका तल्लो दर्जाका एक कर्मचारीले भने-‘हाकिमका श्रीमतीर छोराछारीको कपडा धुनु भन्दा ट्याक्सी चलाउनु नै बेस ।’
एक प्रहरी तयार पार्न २ देखि ५ लाख रुपैयाँसम्म खर्च हुने गरेको छ । जागिर अवधि सकिएलगत्तै राजीनामा दिँदात्यसको प्रत्यक्ष प्रभाव संगठनमा समेत देखा पर्छ । राज्यले लगानी गरेर तयार पारेका प्रहरीले यो दरमा जागिरछोड्नेक्रमलाई नियन्त्रण गर्नका लागि पहलको आवश्यक देखिइसकेको छ ।
पछिल्लो समय जागिर छोड्नेको संख्या बढेसँगै प्रहरी संगठनले यसबारे सोच्नुपर्ने जानकारहरु बताउँछन् । सेवासुविधार संगठनात्मक संरचनामा सुधार गरेर जागिर छोड्ने दरलाई नियन्त्रण गर्नुपर्ने उनीहरुको विचार छ।