सुरक्षा सरोकार । प्रहरी सेवामा जीवनको महत्वपूर्ण समय समर्पण गरेका उदयपुरको बेलका नगरपालिका–१, आमचोकका ९० वर्षीय पूर्व प्रहरी नायव निरीक्षक (सई) दानबहादुर राउतलाई कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी शेखर खनालले घरमै पुगेर सम्मान गरेका छन्।

राउतले प्रहरी सेवामा पुर्‍याएको योगदानको कदर गर्दै डीआईजी खनालले उनको निवासमै पुगेर दोसल्ला ओढाई सम्मान गरेका हुन्। सो क्रममा खनालले राउतको प्रहरी सेवाप्रतिको समर्पण र योगदानको प्रशंसा गरे।

प्रदेश प्रहरी प्रमुख नै घरमै पुगेर सम्मान गरेपछि राउत भावुक बने। लामो समय प्रहरी संगठनमा रहेर नागरिकको सुरक्षा र शान्ति कायम गर्न पुर्‍याएको योगदानलाई संगठनले सम्झिएकोमा आफूलाई खुसी र गर्व लागेको उनले बताए।

प्रहरी सेवामा बिताएका दिनहरू स्मरण गर्दै राउतले आफू सेवा निवृत्त भए पनि संगठनप्रतिको भावनात्मक सम्बन्ध अझै उस्तै रहेको बताए। जीवनको उत्तरार्धमा आफूले सेवा गरेको संगठनका प्रमुख नै घरमै आएर सम्मान गर्नु आफ्नो जीवनकै विशेष क्षण भएको उनको भनाइ थियो।

डीआईजी खनालले सेवामा कार्यरत प्रहरी कर्मचारीको मात्र नभई प्रहरी संगठनमा जीवन समर्पण गरेका पूर्व प्रहरी कर्मचारीको योगदानलाई पनि सम्मान गर्नुपर्ने बताए। विगतका प्रहरी कर्मचारीले निर्माण गरेको सेवा, अनुशासन र योगदानकै जगमा वर्तमान प्रहरी संगठन अघि बढिरहेको उनले उल्लेख गरे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय