कपिलवस्तु । सशस्त्र प्रहरी बलले कपिलवस्तुका विभिन्न सीमावर्ती क्षेत्रबाट भन्सार छली गरी अवैध रूपमा भित्र्याइएका सामानसहित ढुवानीमा प्रयोग भएका दुई सवारीसाधन बरामद गरेको छ।

सशस्त्र प्रहरीका अनुसार असोज १५ गते नं. २८ गण हेडक्वार्टर कपिलवस्तु तथा मातहतका युनिटबाट खटिएका टोलीले विभिन्न स्थानबाट १५ लाख ५३ हजार ७६६ रुपैयाँ बराबरका सामान तथा एउटा बस र एउटा मोटरसाइकल नियन्त्रणमा लिएको हो।

बरामद सामानमा लत्ताकपडा, किराना सामग्री, मोबाइल पार्ट्स, खाद्यान्न, सुर्तीजन्य पदार्थ तथा पेय पदार्थ रहेका छन्। ती सामान ओसारपसारमा प्रयोग भएको बस र मोटरसाइकलसमेत नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ।

बरामद सामान तथा सवारीसाधन आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय