काठमाडौं, १८ भदौ । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले कर्तव्य निर्वाहका क्रममा भोटेकोशी बाढीमा परी ज्यान गुमाएका सशस्त्र प्रहरी जवान साजन कुँवरप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।

महानिरीक्षक पौडेलले नुवाकोटको लिखु गाउँपालिका–१, बरफेदीस्थित कुँवरको निवासमा पुगेर परिवारजनसँग भेटघाट गर्दै समवेदना व्यक्त गरेका हुन्। सो क्रममा उनले दिवंगत कुँवरप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति सहानुभूति प्रकट गरे।

यसैगरी, महानिरीक्षक पौडेलले भोटेकोशी बाढीमा परी बेपत्ता भएका सशस्त्र प्रहरी सहायक हवल्दार आशिष पौडेलका परिवारजनसँग पनि भेटघाट गरी सहानुभूति व्यक्त गरेका छन्।

उनले आशिष पौडेलसहित बाढीमा परी बेपत्ता भएका सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीको खोज तथा उद्धारका लागि संगठन निरन्तर परिचालित रहेको जानकारी गराए।

सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार रसुवा क्षेत्रमा आएको बाढीमा परी सशस्त्र प्रहरी बलका १३ जना कर्मचारी सम्पर्कविहीन भएका थिए। खोज तथा उद्धार कार्यलाई प्राथमिकताका साथ निरन्तरता दिइएको सशस्त्र प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय